Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

बुधवार , माघ २, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077