Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेप्से परिसूचक बढ्दा ५ अर्ब ८२ करोडको सेयर कारोबार

नेप्से परिसूचक बढ्दा ५ अर्ब ८२ करोडको सेयर कारोबार

बुधवार , माघ २, २०८१

काठमाडौं । सेयर परिसूचक नेप्से १.८३ अंकले बढेको छ ।

अघिल्लो कारोबार दिन सोमबार १५.५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको नेप्से आज २५९५.९६ अंक पुगेको हो।

बुधबार सेयर बजारमा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ ।

यो सोमबारको कारोबार रकमको तुलनामा कम हो। सोमबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो।

आज सबैभन्दा धेरै जलविद्युत् उपसमूह १.७६ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन क्षेत्र १.६३ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै घट्नेमा भने फाइनान्स उपसूचक अगाडि देखिएको छ । फाइनान्स कम्पानीका सेयर औसतमा साढे ३ प्रतिशतले घटेका छन् ।

बुधबार कुल २ सय ९९ कम्पनीको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077