Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने

६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने

बुधवार , माघ २, २०८१

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनी धरौटी बुझाएर रिहा भएका हुन् । उनी बैंक जमानत बुझाएर रिहा भएको बताइएको छ ।

न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले बुधबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रुपमा गोर्खा मिडियामा लगिएको र गोर्खा मिडियाको तत्कालिन सञ्चालकको रुपमा खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई समेत प्रतिवादी बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077