Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रविबारे अदालतले भन्यो – कसुरदार होइनन् भन्न सक्ने अवस्था देखिएन

रविबारे अदालतले भन्यो – कसुरदार होइनन् भन्न सक्ने अवस्था देखिएन

बुधवार , माघ २, २०८१

काठमाडौं । काठमाडौं जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछाने कसुरदार होइनन् भन्न सक्ने अवस्था नरहेको टिप्पणी गरेको छ ।

स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिनामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधवार थुनछेक आदेश जारी गर्दै यस्तो टिप्पणी गरेको हो ।

‘...प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिँदा अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको’ भन्ने वाक्य आदेशमा उल्लेख छ ।

यही कारण रविलाई उनका वकिलले मागदावी गरेजस्तो अदालतले साधारण तारेखमा छाड्न इन्कार गरेको छ । यसैले उनीसँग ६० लाख धरौटी मागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077