Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ

बुधवार , माघ २, २०८१

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ललितकुमार केसी नाम गरेका व्यक्तिलाई पक्राउ गरेको हो । तर उनको हाल ठेगाना खुलेको छैन ।

बुधबार त्रिपाठिमाथि अदालत गेट बाहिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए ।

यता रास्वपाले पनि वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077