Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

युवतीसँग अर्धनग्न अवस्थामा वनका हाकिमको तस्बिर सार्वजनिक

युवतीसँग अर्धनग्न अवस्थामा वनका हाकिमको तस्बिर सार्वजनिक

बुधवार , माघ २, २०८१

कैलाली । बाजुराका डिभिजन वन अधिकृत सुरेशचन्द्र डिसीको अर्धनग्न अवस्थामा युवतीसँग रहेको तस्बिर र घुस लिएको आशंकासहितको फोटो सार्वजनिक भएपछि विवादित बनेका छन् ।

वन अधिकृत डिसी अर्धनग्न अवस्थामा युवतीसँग भएको तस्बिर सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले समेत फेला पारेपछि ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेस गर्न बुधबार नै पत्राचार गरिएको हो ।

वन निर्देशनालयले निजामती आचारसंहिताविपरीत भएको भन्दै डिसीलाई ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ । तस्बिरका विषयमा सत्यतथ्य पत्ता लगाई आवश्यक कारबाहीको माग उठेको छ।

वन निर्देशक हेमराज विष्टका अनुसार तस्बिर सही भएमा यो कर्मचारी आचरणविपरीत हुने भएकाले छानबिन अघि बढाइएको छ ।

यस्तै अर्को तस्बिरमा एउटाले घुस दिनका लागि पैसा दिँदै गरेको जस्तो देखिने फोटो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077