Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अछामबाट लागुऔषधसहित चारजना पक्राउ

अछामबाट लागुऔषधसहित चारजना पक्राउ

बिहिवार , माघ ३, २०८१

अछाम । अछाममा लागुऔषधका रुपमा प्रयोग हुने औषधसहित चारजना पक्राउ परेका छन् ।

बुधबार राति साढे ८ बजेको समयमा मंगलसेन नगरपालिका–५ को मंगलसैन बजारबाट उनीहरुलाई विभिन्न किसिमका औषधीसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश बिश्वकर्मा, २२ वर्षीय अर्जुन सुनार, २२ वर्षीय कर्ण प्रसाद ढुङ्गाना र १९ वर्षीय अर्जुन सुनार रहेका छन् ।

उनीहरुलाई चेकजाँच गर्दा प्रकाश बिश्वकर्माको साथबाट ४२ क्याप्सुल ट्रामाडोल, ८ क्याप्सुल प्रिगाभा, ५ क्याप्सुल ईभा र अर्जुन सुनारको साथबाट प्रिगाम्लिन ७४ क्याप्सुल लागुऔषध बरामद गरिएको अछाम प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछाम र प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरी टोलीले चारै जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077