Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

स्टाफ कलेजको प्रवेश परीक्षाका लागि ५६ डीएसपी र ७५ इन्सपेक्टरको सूची प्रकाशित [सूचीसहित]

स्टाफ कलेजको प्रवेश परीक्षाका लागि ५६ डीएसपी र ७५ इन्सपेक्टरको सूची प्रकाशित [सूचीसहित]

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेपाल प्रहरीमा पहिलोपटक सञ्चालन हुन लागेको लिडरशीप एण्ड स्टाफ कलेजको प्रवेश परीक्षाका लागि एक सय ३१ जनाको अन्तिम नामावली प्रकाशित भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार सूची प्रकाशन गरेको हो ।

२०७० सालमा भर्ना भएका इन्सपेक्टरको ब्याचबाट स्टाफ कलेज सुरु हुन लागेको हो । सो ब्याचका एक सय ४४ जना अधिकृत भएपनि १३ जनाले विभिन्न कारणले फारम भरेका छैनन्।

उनीहरुमध्ये आठ जना विदेशमा छन् । फारम नभर्नेहरुमा डीएसपी चेतना पोखरेल, सुरक्षा केसी, नवराज ढुंगेल, रघुसिंह बिष्ट, राजेशराज पुरी, चन्द्रबहादुर थापा, बोधराज रेग्मी, राजेन्द्र कुमार उपाध्याय, ईश्वरी प्रसाद भण्डारी, सुभद्रा लामा बाइवा, शंकर पोखरेल तथा इन्सपेक्टरहरु विष्णु प्रदिप बश्याल र दिवस बहादुर जिसी छन्।

स्टाफ कलेजको प्रवेश परीक्षा फागुनको अन्तिम साता गर्ने तयारी छ। प्रहरीमा स्टाफ कलेज पास गर्न नसक्नेहरु माथिल्लो तहमा पुग्न नपाउने भएकाले यसलाई आइरन गेट मानिएको छ।

यस्तो छ प्रवेश परीक्षामा छनौट भएकाहरुको सूची :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077