Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

धरानबाट लागूऔषध कारोबारमा संलग्न दुई महिला पक्राउ

धरानबाट लागूऔषध कारोबारमा संलग्न दुई महिला पक्राउ

बिहिवार , माघ ३, २०८१

धरान । लागूऔषध कारोबारमा संलग्न दुईजना महिलालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका-१० पुतलीलाइन स्थित कृष्ण नेवारको घरमा डेरा गरी बस्ने दुईजना महिलालाई लागूऔषधसहित पक्राउ गरिएको हो ।

नेवारको घरमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा छापा मारिएको थियो।

लागूऔषध कारोबारमा संलग्न २७ वर्षीया मनिका बिक र ३८ वर्षीया रेनुका लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बिकले कोठाको लोबेड माथि सुडकेशमा लुकाइराखेको प्रतिबन्धित लागूऔषध ट्रामाडोल २ हजार ५ सय क्याप्सुल बरामद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077