Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

बीमाको रकम हत्याउन प्रेमीसँग मिलेर श्रीमानको हत्या

बीमाको रकम हत्याउन प्रेमीसँग मिलेर श्रीमानको हत्या

बिहिवार , माघ ३, २०८१

कैलाली । कञ्चनपुरको बेलौरी दुई महिना अघि घरभित्रै मृत भेटिएका ४९ वर्षीय सियाराम रानाको उनकै श्रीमतीले हत्या गरेको खुलेको छ ।

श्रीमती जनककुमारीले बीमा रकम हत्याउन भारतीय नागरिकलाई प्रयोग गरी श्रीमानको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटकी रानाले श्रीमान सियारामको इँटाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसन्धानबाट खुलेको छ।

जनककुमारीले भारतको खिरीको सम्पूर्णानगरका फारुख नाम गरेका प्रेमीको योजनामा श्रीमानमाथि इँटा प्रहार गरेर हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

रानाको शव २०८१ मङ्सिर १३ गते उनकै घरमा फेला परेको थियो । दोस्रो दिन प्रहरीले जनककुमारीलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077