Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एनआईसी एशिया बैंकको आ.व. २०८०/८१ को वित्तीय विवरण स्वीकृत, राष्ट्र बैंक समक्ष पेश

एनआईसी एशिया बैंकको आ.व. २०८०/८१ को वित्तीय विवरण स्वीकृत, राष्ट्र बैंक समक्ष पेश

बिहिवार , माघ ३, २०८१

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको ६९४औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण् स्वीकृत गरेको छ ।

मिति २०८१/०९/२९ गते सम्पन्न बैठकले बैंकको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गरी अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

बैठकले आ.व. २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गर्नुका साथै नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात यथाशीघ्र बैंकको २७औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको बैंकल जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077