Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबलाई

जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबलाई

बिहिवार , माघ ३, २०८१

काठमाडौं । जय ट्रफी एलिट कपको नेपाल पुलिस क्लबले उपाधि जितेको छ।

वीरगञ्जमा भएको उपाधि भिडन्तको तेस्रो दिन बिहीबार आर्मीलाई ७४ रनमा अलआउट गर्दै पुलिस जय ट्रफी च्याम्पियन बनेको हो।

१०३ रनको लक्ष्य पछ्याएको आर्मी ७४ रनमै समेटिएपछि पुलिसले खेल २८ रनको जित निकाल्न सफल भयो।

जसमा ब्याटिङमा आर्मीका लागि इमरान शेखले सबैभन्दा बढी २८ रन बनाए। आर्मीका अरु ब्याटरलाई टिक्न नदिने क्रममा पुलिसका सागर ढकालले ६ विकेट लिए।

सागरले १४.२ ओभरम १ मेडन राख्दा ३५ रन दिए। पुलिसका अर्का स्पिनर ललितनारायण राजवंशीले ४ विकेट लिएपछि पुलिस आर्मीमाथि हाबी बनेको थियो। सागरले अघिल्लो इनिङग्समा पनि ५ विकेट लिँदा दुवै इनिङग्समा गरी ११ विकेट लिए।

त्यसअघि पुलिस बिहीबार तेस्रो दिनको खेल सुरु भएको केही छिनमै दोस्रो इनिङग्समा १३९ रनमा अलआउट हुँदा आर्मीले १०३ रनको लक्ष्य पाएको थियो।

बलिङमा आर्मीका शाहब अलाम र बसिर अहमदले ५-५ विकेट लिए। पहिलो इनिङग्समा ७ विकेट लिएका शाहबले फाइनलमा मात्र कुल १२ विकेट लिए।

उनले प्रतियोगिताभार कुल ३२ विकेट लिन सफल भए। बढी विकेट लिने बलरको दोस्रो स्थानमा रहेका पुलिसका ललितले २४ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077