Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एमालेसँग कुनै समस्या छैन, सहमतिअनुसार काम गर्नू : देउवा

एमालेसँग कुनै समस्या छैन, सहमतिअनुसार काम गर्नू : देउवा

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई एमालेसँगको सहमतिअनुसार काम गर्न निर्देशन दिएका छन्।

बूढानीलकण्ठमा आज बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकमा सभापति देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई यस्तो निर्देशन दिएका हुन्।

उनले सुशासन र आर्थिक समृद्धिमा केन्द्रित भएर काम गर्न निर्देशन दिए। आफ्नै निवासमा दलबाट प्रतिनिधित्व गरेर सरकारमा गएका मन्त्रीहरूको ब्रिफिङ सुनेपछि देउवाले सात बुँदे सहमति सफल बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

बैठकमा नेकपा एमालेसँग भएको सात बुँदे सहमतिहनुसार समीकरणलाई अगाडि बढाउने गरी काम गर्ने र सेवा प्रवाहको क्षेत्रमा केन्द्रित हुने बारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077