Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

७ अंकले नेप्से घट्दा ५ अर्ब ९३ करोडको सेयर कारोबार

७ अंकले नेप्से घट्दा ५ अर्ब ९३ करोडको सेयर कारोबार

बिहिवार , माघ ३, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन बुधबार १.८३ अंकले बढेको नेप्से आज ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा अडिएको हो।

नेप्से घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। आज २९६ स्क्रिप्सको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँमा खरिदबिक्री भए।

बुधबार ५ अर्ब ८२ करोड ४९ मूल्य बराबरक सेयर कारोबार भएको थियो। आज चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बोटलर्स नेपाल,विन नेपाल लघुवित्त वित्तीय संस्था,मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

आज पाँच समूहको उपसूचक बढ्दा अन्यको घट्यो। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक २.०३ प्रतिशतले बढ्यो।

कारोबारमा आएका ८८ स्टक्सको मूल्य बढ्दा १५२ वटाको घट्यो। ३ समूहको उपसूचक भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077