Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिए उजुरी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिए उजुरी

बिहिवार , माघ ३, २०८१

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरूद्ध जाहेरी दिएका छन्।

आफूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै त्रिपाठीले प्रहरी वृत्त सिंहदरवारमा बिहीबार जाहेरी दिएका हुन्।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्किँदै गरेका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा कुटपिट भएको थियो।

त्यही क्रममा ललितकुमार केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी वृत्त सिंहदरवारले जनाएको छ।

सिसिटिभीमा हेरेर त्रिपाठीले केसीलगायत आफूमाथि कुटपिट गर्ने व्यक्तिलाई कारवाहीको माग गर्दै जाहेरी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077