Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

ट्राफिक प्रहरीको उद्देश्य कारबाही गर्नु होइन : एसएसपी घिमिरे

ट्राफिक प्रहरीको उद्देश्य कारबाही गर्नु होइन : एसएसपी घिमिरे

बिहिवार , माघ ३, २०८१

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले ट्राफिक प्रहरीले सवारी चालकलाई कारबाही गर्ने उद्देश्य नरहेको बताएका छन् ।

बिहीबार ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै एसएसपी घिमिरेले यस्तो बताएका हुन् ।

उनले सवारी चालकलाई जिम्मेवार बनाउन कै लागि कारबाही गर्नु परेको बताए ।

उनले भने, ‘हाम्रो उद्देश्य कारबाही गरेर दण्ड दिनु होइन। सवारी चालकलाई जिम्मेवार बनाउन कारबाही गरिन्छ। जिम्मेवारी सवारी चालक र सञ्चालकहरूले पनि लिनुपर्छ। ट्राफिक सचेतना र सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं।’

यसतै ट्राफिक सचेतना र सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077