Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

बिहिवार , माघ ३, २०८१

कैलाली । कैलालीको धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा यही माघ १९ गतेदेखि २८ गतेसम्म टी–२० फर्म्याटमा प्रतियोगिता हुने भएको हो ।

धनगढी क्रिकेट एकेडेमीमा आज भएको पत्रकार सम्मेलनमा गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले प्रतियोगितामा आठ वटा टोली सहभागी हुने र तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी दिए ।

डीसीए धनगढी, सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौ, फेन्ड्रस युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराइजन बुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोस्टन क्रिकेट झापा सहभागी हुने भएका छन् ।

प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ जना खेलाडी समावेश गर्न पाइनेछ ।

ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टोलीका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टिम ए, यू–१९ नेपाली राष्ट्रिय टोली र प्रदेशस्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यू–१६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यू–१९ र यू–१६ का खेलाडी र अन्य खेलाडी रहेका छन् ।

स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको अर्जुन ट्रफीको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।

नकआउटका आधारमा हुने प्रतियोगिताका सबै खेल धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अनावरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077