Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रहरीकै उच्च अधिकारीको नाममा नक्कली इमेल आतंकपछि साइबर ब्युरोले भन्यो - सतर्क रहनू

प्रहरीकै उच्च अधिकारीको नाममा नक्कली इमेल आतंकपछि साइबर ब्युरोले भन्यो - सतर्क रहनू

बिहिवार , माघ ३, २०८१

काठमाडौं । अनलाइन ठगीमा संलग्न गिरोहहरूले नेपाल प्रहरीका उच्च अधिकारीहरूकै नाममा धम्कीपूर्ण इमेलहरू पठाएर तर्साउन थालेपछि प्रहरीको साइबर ब्यूरोले सतर्क रहन आग्रह गरेको छ ।

साइबर ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले बिहीबार विज्ञप्ति जारी गर्दै यस्ता झूटा इमेलहरूप्रति ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको बताउँदै सबैलाई सतर्क रहन आग्रह गरेका हुन् ।

ब्यूरोले ती इमेलहरू ‘होक्स’ अर्थात् झूटा भएको भन्दै कुनै पनि प्रतिक्रिया नदिन र विश्वास नगर्न सबैलाई अनुरोध गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रहरी साइबर ब्यूरोलगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू ‘होक्स’ भएको पुष्टि भएको छ। त्यसैले, यस्ता मेलहरूको विश्वास नगर्नु र कुनै प्रतिक्रिया नदिनुहुन सम्पूर्णमा विनम्र अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077