Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

फेरि पक्राउ परे निकोलस भुसाल

फेरि पक्राउ परे निकोलस भुसाल

बिहिवार , माघ ३, २०८१

कास्की । डा. निकोलस भुसाललाई प्रहरीले फेरि पक्राउ गरेको छ । हिरासतमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा कास्की प्रहरीले भुसाललाई फेरि पक्राउ गरेको हो ।

गत पुस ८ गते प्रहरीले उनलाई पहिलोपटक पक्राउ गरेको थियो । सोही दिन विद्युतीय अपराधको मुद्धामा उनलाई म्याद थपका लागि अदालत समेत लगिएको थियो । तर उक्त दिन म्याद थप गर्न अदालतले इन्कार गरेको थियो ।

त्यतिबेला न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थिएन । अदालतले आदेश नदिएपछि भुसाललाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्ने गरी छोडिएको थियो ।

तर भुसाललाई कास्की प्रहरीले फेरि अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । उनी हाल हिरासतमा रहेको कास्की प्रहरीले जनाएको छ । भुसाललाई शुक्रबार अदालतमा पेस गर्ने र बयान गराउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077