Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रुपन्देहीमा पनि रवि, छविविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी

रुपन्देहीमा पनि रवि, छविविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी

शुक्रवार , माघ ४, २०८१

काठमाडौँ । रुपन्देहीमा पनि आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी रहेको छ ।

रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालयले उनीहरुमाथि मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

लामिछानेसहितका थप प्रतिवादीविरुद्ध पूरक अभियोग आज अदालत लैजाने तयारी गरिएको छ । बिहीबार थप अभियोग लगिएकाले अरुको हकमा आज पूरक अभियोग लैजाने सरकारी वकिल कार्यालयको तयारी छ ।

रवि लामिछाने र छविलाल जोशीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग दर्ता गर्ने सरकारी वकिलको तयारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077