कास्की । डा. निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ ।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी रास्वपाका सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका उनलाई आज जिल्ला अदालतमा पेस गरिने भएको हो ।
उनलाई प्रहरीले साइबर अपराधको असुरमा विहीबार पक्राउ गरेको थियो । यसअघि पनि उनी पुस ७ गते पक्राउ परेका थिए ।
पुस ८ गते पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो ।
अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि विहीबार फेरि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।