Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

शुक्रवार , माघ ४, २०८१

धनकुटा । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले धनकुटा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौबीसे गाउँपालिकाका सुजन खतिवडा रहेका छन्। गत मंसिर २८ गते साँझ करिब ७ बजे ललाइफकाइ नजिकको खेतमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीमा जाहेरीमा उल्लेख छ ।

किटानी जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बालिकाकी दिदीले प्रहरीमा बिहीबार किटानी जाहेरी दिएकी थिइन्।

अभियुक्त खतिवडालाई इलाका प्रहरी कार्यालयका निरीक्षक महेन्द्र खड्काको कमान्डमा खटिएको टोलीले घरबाट नियन्त्रणमा लिएको हो ।

घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । जिल्ला अस्पतालमा बालिकाको स्वास्थ्य परिक्षण गरिएको र उनको अवस्था सामान्य रहेकोसमेत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077