Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

नेपाल प्रहरीको प्रवक्तामा डिआइजी आचार्य

नेपाल प्रहरीको प्रवक्तामा डिआइजी आचार्य

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यलाई दिइएको छ ।

यसअघि लागु औषध नियन्त्रण ब्यूरोका प्रमुख रहेका आचार्यको एसएसपीबाट डिआइजीमा बढुवा भएपछि महानिरीक्षकको सचिवालयमा आएका हुन्।

सचिवालयमा आएसँगै उनले प्रवक्ताको जिम्मेवारी पाएका छन्। उनी पुस १८ गते डिआइजीमा बढुवा भएका थिए।

यसअघि एसएसपी विश्व अधिकारी केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077