Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

कैलालीबाट चितुवाको छाला र दाँतसहित बिहारे पक्राउ

कैलालीबाट चितुवाको छाला र दाँतसहित बिहारे पक्राउ

शुक्रवार , माघ ४, २०८१

कैलाली । कैलालीमा चितुवाको छाला र दाँतसहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको भजनी नगरपालिका-३ ठेकिपुरबाट सुदूरपश्चिम प्रदेश प्रहरीको टोलीले चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरीलाई पक्राउ गरेको हो ।

उनलाई कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा चितुवाको छाला र दाँतसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको छाला ४ फिट ४ इन्च लम्बाइ र १ फिट १० इन्च चौडाइको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077