Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

को हुन् वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका व्यक्ति ?

को हुन् वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका व्यक्ति ?

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

दोलखाको तामाकोशी गाउँपालिका-१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने ४८ वर्षीय ललित कुमार केसीलाई सार्वजनिक गरिएको हो ।

पक्राउ परेका केसीमाथि ज्यान मार्ने उद्योगमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

माघ २ गते बुधबार दिउँसो पौने ४ बजे काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर सार्वजनिक सडक खण्डमा सर्वसाधारणहरूको भिड रहेको अवस्थामा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077