Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

शनिवार , माघ ५, २०८१

काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।

मलेसियामा नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

बंगलादेशकी सादिया इस्लामले सर्वाधिक १६ रन बनाइन् ।बलिङमा नेपालकी कप्तान पूजा महतो, सिमाना केसी, रिया शर्मा र रचना चौधरीले एकएक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभर २ बलमा ५२ रनमा समेटिएको थियो । नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन् ।

सिमाना केसी १०, सावित्री धामी १, कप्तान पूजा महतो २, किरण कुँवर १, अलिशा यादव ४, तिर्सना विक ३ र रचना चौधरी ३ रनमा आउट भए । सोनी पाख्रिन र अनु कडायत शून्य रनमा आउट भए ।

रिया शर्मा ५ रनमा अविजित रहेकी थिइन् । बलिङमा बंगलादेशकी जन्नतुल माउवाले सर्वाधिक दुई विकेट लिइन् । नेपालका ५ खेलाडी रन आउटको शिकार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077