विराटनगर । कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ ।
कनकाईस्थित दोमुखा क्षेत्रमा नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर फकिँदै गरेका नेपाली कांग्रेस कोशी प्रदेश सभापति समेत रहेका थापामाथि झापाको जामुनबारी चोकमा आक्रमण भएको हो ।
थापामाथि आक्रमण गर्ने नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा शिवसताक्षी-११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई-३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ छन् ।
थापा सवार गाडीले विद्युत प्राधिकरणका कर्मचारी सवारी गाडीलाई ओभरटेक गर्दा विवाद भएपछि त्यही गाडीभित्र रहेका प्राधिकरणका कर्मचारीले पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण गरेका थिए।
पूर्वमुख्यमन्त्री थापा बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारपछि घर फर्किसकेका छन् ।