Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अमेरिकामा टिकटक बन्द

अमेरिकामा टिकटक बन्द

आइतवार , माघ ६, २०८१

एजेन्सी । अमेरिकामा सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द भएको छ। आइतबार बिहानदेखि अमेरिकाभरि टिकटक बन्द भएको हो ।

प्रयोगकर्ताहरूको मोबाइलबाट टिकटक हटेको र गुगल प्लेस्टोर र एप्पल स्टोरमा एप्लिकेसन नै नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनीलाई बाइटडान्सलाई टिकटक कि अमेरिकालाई बेच्नुपर्ने कि अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने बताएका थिए।

त्यसविरूद्ध परेको मुद्दामा शुक्रबार अमेरिकी उच्च अदालतले सरकारको सोही निर्णयको सदर गरेपछि अमेरिकामा टिकटक बन्द भएको छ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनसम्मको समय दिने भनेका थिए। उनले सोमबारदेखि राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077