Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अहिलेको सत्ता समिकरण आगामी निर्वाचनसम्मै जान्छ : गृहमन्त्री लेखक

अहिलेको सत्ता समिकरण आगामी निर्वाचनसम्मै जान्छ : गृहमन्त्री लेखक

आइतवार , माघ ६, २०८१

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले संसद् अधिवेशन छिट्टै बोलाउने तयारी रहेको बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले सो जानकारी दिएका हुन् ।

सरकारले चाँडै संसद अधिवेशन बोलाउने गृहकार्य गरिरहेको गृहमन्त्री लेखकले बताए। सरकार मुलुकमा आर्थिक समृद्धि र शुसायन कायम गर्ने कुरामा प्रतिबद्ध रहेको दाबी गरे ।

गृहमन्त्री लेखकले भने,‘सरकारले चाडै संसद अधिवेशन बोलाउने तयारी गरेको छ अधिवेशन बोलाउने बित्तिकै पहिलो दिन नै सरकारले ल्याएका अध्यादेश प्रस्तुत हुन्छन पछि प्रतिस्थापन गर्ने कानुन बन्छन्।’

अहिलेको सरकारको प्रमुख उदेश्य मुलुकमा आर्थिक समृद्धि गर्नु रहेको गृहमन्त्री लेखकको भनाई छ।

कांग्रेस र एमाले दुई पार्टी मिलेर बनेको सरकारको उद्देश्य मुलुकको आर्थिक समृद्धि गर्ने,सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको यात्रालाई अगाडी बढाउने भएको उनले बताए ।

उनले मुलुकमा लगानीको वातावरण सिर्जना गर्न र उद्योगधन्दा फस्टाउने गरी सरकारले केहि कानुन संशोधन गरेर अध्यादेश ल्याएको बताए।

त्यस्तै, गृहमन्त्री लेखकले अहिलेको सरकार आगामी निर्वाचन सम्म जानेमा ढुक्क रहन आग्रह गरे।

उनले अबको १८ महिना केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र त्यसपछि निवार्चनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077