Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

युद्धविराम कार्यान्वयन नगर्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको चेतावनी

युद्धविराम कार्यान्वयन नगर्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको चेतावनी

आइतवार , माघ ६, २०८१

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनालाई गाजामा तत्काल युद्धविराम सुरु नगर्न निर्देशन दिएका छन् ।

हमासले रिहा गरिने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म युद्धविराम लागु नगर्न नेतन्याहुले निर्देशन दिएका हुन् ।

उनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै इजरायली डिफेन्स फोर्सेसलाई युद्धविराम सुरु नगर्न निर्देशन दिएको उल्लेख गरेको छ।

युद्धविराम स्थानीय समयअनुसार बिहान ८:३० बजेबाट सुरु हुने तय भएको थियो। हमासले भने बन्धकहरूको नाम सार्वजनिक गर्न भएको ढिलाइ ‘स्थानीय प्राविधिक कारणहरू’का भएको स्पष्ट पारेको छ ।

इजरायली नेताले गए राति नै गाजामा युद्धविराम सम्झौताको पहिलो चरण ‘अस्थायी युद्धविराम’ मात्र भएको चेतावनी दिएका थिए ।

यदि सम्झौता तोडियो भने इजरायललाई युद्ध जारी राख्ने अधिकार हुने र यसमा उसलाई अमेरिकाको समर्थन हुने उनीहरूको भनाइ थियो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले इजरायल अझै रिहा गरिने तीन बन्धकहरूको नाम पर्खिरहेको जनाएको छ ।

युद्धविराम सम्झौताअनुसार बन्धक रिहा गर्ने प्रक्रिया सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अघि नाम उपलब्ध गराउनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077