Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हमासद्धारा रिहा गरिने तीन इजरायली बन्धकको नाम सार्वजनिक

हमासद्धारा रिहा गरिने तीन इजरायली बन्धकको नाम सार्वजनिक

आइतवार , माघ ६, २०८१

एजेन्सी । हमासले इजरायली तीन बन्धकको नाम सार्वजनिक गरेको छ ।

हमासले गाजामा युद्धविराम सम्झौताको कार्यान्वयनको पहिलो दिन रिहा गरिने ती तीनै बन्दीहरूको नाम सार्वजनिक गरेको हो ।

हमासले टेलिग्राममा पोस्ट गरेअनुसार २४ वर्षीया रोमी गोनेन, एमिली दमारी र डोरोन स्टाइनब्रेचर रहेका छन् । २४ वर्षीया गोनेन सुपरनोभा फेस्टिवलबाट भाग्न खोज्दा हमलामा परेको थिइन् ।

२८ वर्षीया एमिली दमारी ब्रिटिश-इजरायली नागरिक हुन् । उनलाई किबुत्ज कफार अजा क्षेत्रमा बन्धक बनाइएको थियो ।

यसअघि रिहा भएका बन्धकहरूले कैदमा हुँदा उनको सम्पर्क भएको बताएका थिए। त्यस्तै ३१ वर्षीया डोरोन स्टाइनब्रेचर पशुचिकित्सक नर्स हुन्।

किबुत्ज कफार अजामा आफ्नो अपार्टमेन्टमा हुँदा हमासले आक्रमण गर्दा बन्धक बनाइएकी थिइन् ।

यी तीनजना महिलाहरू युद्धविरामको सम्झौताको पहिलो चरणमा रिहा गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077