Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कोलम्बियामा विद्रोहीको आक्रमणमा परी ६० जनाको मृत्यु

कोलम्बियामा विद्रोहीको आक्रमणमा परी ६० जनाको मृत्यु

आइतवार , माघ ६, २०८१

एजेन्सी । कोलम्बियामा नेशनल लिबरेसन आर्मी (इएलएन) विद्रोहीको आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

कोलम्बियामा अहिले पनि सक्रिय सशस्त्र समूहमध्ये सबैभन्दा ठूलो बामपन्थी लडाकू समूह नेसनल लिबरेशन आर्मी (ईएलएन) का लडाकुहरू हालैका दिनहरूमा भएको भिडन्तमा कोलम्बियाको रिभोल्युसनरी आम्र्ड फोर्सेज अफ कोलम्बिया (फार्स) का विद्रोहीहरूविरुद्ध उत्रेका छन् ।

भेनेजुएलासँग सीमा जोडिएको अशान्त क्याटाटुम्बो क्षेत्रमा पछिल्लो आक्रमणपछि भएको भिडन्तमा मृत्यु हुनेको संख्या ६० पुगेको अधिकारीहरूले शनिबार बताएका छन् ।

प्रतिद्वन्द्वी समूहहरूले वर्षौंदेखि यस क्षेत्रमा कोकिनको व्यापारनियन्त्रणका लागि लडाइँ गर्दै आएका छन् । कोलम्बियामा सन् २०१६ मा फार्कसँग ५० वर्षभन्दा लामो युद्धपछि शान्ति सम्झौता भएको थियो ।

ईएलएनको दक्षिणपन्थी अर्धसैनिक बल क्लान डेल गोल्फोसँग पनि भिडन्त भएको थियो, जुन देशको सबैभन्दा ठूलो ‘कोकिनको कारोकार (ओसारपसार)’ गर्ने समूह हो ।

सैन्य कमाण्डर जनरल लुइस एमिलियो कार्डोजोले शनिबार भने, “देशको क्याटाटुम्बो क्षेत्रमा निकै नाजुक अवस्था छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077