Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

४७ औँ राष्ट्रपतिको रूपमा आज शपथ लिँदै डोनाल्ड ट्रम्प

४७ औँ राष्ट्रपतिको रूपमा आज शपथ लिँदै डोनाल्ड ट्रम्प

सोमवार , माघ ७, २०८१

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्दैछन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् ।

उनले आज नेपाली समय अनुसार राति करिब १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिनेछन् ।

अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहेका थिए ।

उनी २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077