Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

६ अंकले नेप्से बढ्दा ६ अर्ब ५७ करोडको सेयर कारोबार

६ अंकले नेप्से बढ्दा ६ अर्ब ५७ करोडको सेयर कारोबार

सोमवार , माघ ७, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज एकल अंकले बढेको छ। अघिल्लो कारोबार दिन आइतबार १२.५८ अंकले बढेको नेप्से आज ६.७८ अंकले बढेर २६०७.९९ विन्दुमा पुगेको हो।

सेयर बजार एकल अंकले बढेपनि कारोबार रकम आइतबारको तुलनामा बढेको छ। यसदिन ३११ स्क्रिप्सको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार ८८६ रुपैयाँमा खरिदबिक्री भए।

आइतबार ६ अर्ब २५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ९.०५ प्रतिशतले बढ्दा रिभर फल्सको ७.७०,दोल्ती पावरको ७.४७, मध्य भोटेकोशी जलविद्युतको ५.८४ र बराही हाइड्रोपावरको ५.७७ प्रतिशतले बढेको हो।

कारोबारमा आएका ११८ स्टक्सको मूल्य बढ्दा ११७ वटाको घटयो। ८ स्टक्सको मूल्य भने स्थिर रह्यो। पाँच समूहको उपसूचक घट्दा अन्यको उपसूचक भने बढ्यो। आज अदर्श समूहको उपसूचक २.१३ प्रतिशतले बढ्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077