काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खाली गाग्री लिएर काठमाडौं आइपुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका हुन्।
केही बेरअघि त्रिभुवन विमानस्थल उत्रिएका उनले सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाबका लागि आएको बताए।
हिजो साम्पाङले समर्थकहरूलाई भेला पारेर भानु चोकमा गाग्रीसहित प्रदर्शन गरेका थिए।
साम्पाङले भोलि खाली गाग्रीसहित सिंहदरबार छिरेर खानेपानीमन्त्री र प्रधानमन्त्रीलाई भेट्ने बताइएको छ।