Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ट्रम्पलाई बधाई दिँदै रुसी राष्ट्रपति पुटिनले भने - युक्रेन युद्धबारे वार्ता गर्न तयार छौँ

ट्रम्पलाई बधाई दिँदै रुसी राष्ट्रपति पुटिनले भने - युक्रेन युद्धबारे वार्ता गर्न तयार छौँ

मंगलवार , माघ ८, २०८१

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल कार्यकालका लागि बधाई दिएका छन् ।

पुटिनले टेलिभिजनमार्फत आफ्नो राष्ट्रिय सुरक्षा परिषदलाई सम्बोधन गर्दै ट्रम्पलाई बधाई दिएका हुन् ।

रुससँग सम्पर्क पुनःस्थापना गर्ने ट्रम्पको चाहना र तेस्रो विश्वयुद्धलाई रोक्नको लागि सम्भव भएसम्म गर्ने उनको टिप्पणीलाई हामी स्वागत गर्छौं,' उनले भने,'अवश्य पनि हामी यो अडानलाई स्वागत गर्छौं र नवनियुक्त अमेरिकी राष्ट्रपतिलाई पदभार ग्रहण गरेकोमा बधाई दिन्छौं।'

युक्रेन युद्धको सन्दर्भमा पुटिनले ट्रम्प प्रशासनसँग वार्ता गर्न आफू तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077