Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ट्रम्पले गरे दक्षिणी सिमानामा राष्ट्रिय आपतकाल घोषणा

ट्रम्पले गरे दक्षिणी सिमानामा राष्ट्रिय आपतकाल घोषणा

मंगलवार , माघ ८, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका-मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।

अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिएका ट्रम्पले अमेरिका-मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्ने बताएका हुन् ।

शपथ ग्रहणपछि उद्घाटन भाषण दिएका उनले यस सम्बन्धमा कार्यकारी आदेशमा हस्ताक्षर गरिने बताए । लगत्तै ट्रम्पले दक्षिणी सिमानामा राष्ट्रिय आपतकाल घोषणा गर्ने दस्तावेजमा हस्ताक्षर गरे ।

ट्रम्पले अवैध प्रवेश तुरुन्तै रोकिने र सरकारले लाखौं अवैध आप्रवासीहरूलाई उनीहरूको देश फिर्ता पठाउने प्रक्रिया सुरु गर्ने बताएका छन् ।

यस्तै ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमाथि फेब्रुअरी १ देखि नयाँ शुल्क लगाउने घोषणा गरेका छन् । अमेरिका छिमेकीहरूबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क लगाउने सोचमा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077