Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अध्यादेश ल्याउन पाउने व्यवस्था संविधानमै उल्लेख छ : गोकुल बाँस्कोटा

अध्यादेश ल्याउन पाउने व्यवस्था संविधानमै उल्लेख छ : गोकुल बाँस्कोटा

मंगलवार , माघ ८, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अध्यादेश ल्याउन पाउने व्यवस्था संविधानमै उल्लेख रहेको बताएका छन्।

संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बाँस्कोटाले सो कुरा बताएका हुन् ।

उनले अध्यादेश ल्याउनुअलोकतान्त्रिक नरहेको बताए । लेखा समितिको बैठकमा माओवादी सांसद लेखनाथ दाहाल र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अध्यादेश ल्याउनु गलत रहेको बताएका थिए।

त्यसपछि बोलेका एमाले सांसद बाँस्कोटाले अध्यादेश संवैधानिक व्यवस्था रहेको बताए।

सांसद बाँस्कोटाले भने,‘अध्यादेश आउनु लोकतन्त्र हो कि होइन भन्ने अनौठो लाग्छ । त्यो व्यवस्था संविधानमा राखेको छ त कसरी अलोकतान्त्रिक हुन्छ । होइन भने त्यो बुँदा संविधानबाट झिकिदिउँ। अध्यादेशको कन्टेन्टमा जाउँ न । प्राइभेट सेक्टरले स्वागतै गरेको छ त । अध्यादेश हिजो पनि आएको छ । कम्तिमा ४० प्रतिशत गरेर दल फुटाउन २० प्रतिशत भन्ने त आएको होइन नि !'

उनले अध्यादेशको निजी क्षेत्रबाट स्वागत भएको बताउँदै दल फुटाउन ल्याएको भनी व्याख्या गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077