Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

छत्तीसगढमा शीर्ष कमाण्डरसहित १४ माओवादी विद्रोही मारिए

छत्तीसगढमा शीर्ष कमाण्डरसहित १४ माओवादी विद्रोही मारिए

बुधवार , माघ ९, २०८१

एजेन्सी । भारतीय सुरक्षा बलको कारबाहीमा छत्तीसगढमा शीर्ष कमाण्डरसहित कम्तीमा १४ माओवादी विद्रोही मारिएका छन् । मंगलबारको यो घटनालाई गृह मन्त्रालयले हालैको लडाइँंमध्ये सबैभन्दा ठूलो भएको दाबी गरेको छ ।

मन्त्रालयले मारिएका कमाण्डर जयराम चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा एक लाख १५ हजार डलरको इनाम रहेको जनाएको छ । नयाँ दिल्लीले दशकौँ लामो द्वन्द्व अन्त्य गर्ने प्रयासलाई तीव्र पारेको छ ।

भारतको सीमान्तकृत जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरुका कारण दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

गृहमन्त्री अमित शाहले यसलाई ‘नक्सलवादलाई अर्को शक्तिशाली प्रहार’ भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077