Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टर्कीको एक होटलमा भीषण आगलागी, ७६ जनाको मृत्यु

टर्कीको एक होटलमा भीषण आगलागी, ७६ जनाको मृत्यु

बुधवार , माघ ९, २०८१

एजेन्सी । टर्कीको एक होटेलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ भने ५० घाइते भएका छन् ।

बोलु प्रान्तको १२ तले ग्राण्ड कार्तल होटेलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको हो ।

आगलागीको समयमा उक्त होटेलमा २३८ जना रहेको बताइएको छ ।

दुई हप्ताको जाडो बिदा मनाउनेहरूको भीडले होटेल भरिएको थियो । घटनासँग सम्बन्धित नौ जनालाई हिरासतमा लिइएको गृहमन्त्री अली येर्लिकायाले बताए।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार राष्ट्रिय शोकको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077