Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

युद्ध अन्त्यका लागि वार्ता गर्न पुटिन तयार नभए प्रतिबन्ध बढाउने ट्रम्पको चेतावनी

युद्ध अन्त्यका लागि वार्ता गर्न पुटिन तयार नभए प्रतिबन्ध बढाउने ट्रम्पको चेतावनी

बुधवार , माघ ९, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभएमा रुसमाथि अमेरिकी प्रतिबन्ध बढाउन सक्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति पद सम्हालेपछि भएको पत्रकार सम्मेलनमा ट्रम्पले यस विषयमा सोधिएको प्रश्नको जवाफमा रुसमाथि अमेरिकाले प्रतिबन्ध बढाउनसक्ने अभिव्यक्ति दिएका हुन् ।

ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग सम्पर्कमा रहेको र छिट्टै रुसी राष्ट्रपति पुटिनसँग पनि कुरा गर्ने बताएका छन् ।

यद्यपि ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस र युक्रेनबीच युद्ध शुरू नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077