एजेन्सी । भारत महाराष्ट्रको जलगाउँमा 'भयानक' रेल दुर्घटना भएको छ ।
बुधबार साँझ भएको दुर्घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन् ।
दुर्घटनामा नेपाली पनि परेको हुन सक्ने आशंका गरिएको छ ।
भारतमा रहेका केही नेपालीले उक्त रेलमा ६३ भन्दा धेरै नेपाली समेत सवार रहेको बताइएको छ । यद्यपि, यसबारे आधिकारिक जानकारी आइसकेको छैन ।
परधाडे रेलवे स्टेशनमा पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरूले रेलबाट हाम्फालेका थिए । पुष्पक एक्सप्रेस (रेल नम्बर १२५३३) लखनउबाट मुम्बई जाँदै थियो ।