Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

बिहिवार , माघ १०, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुखहरुसँग शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन्।

उनले बजेट, योजना र कार्यादेश अनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा क्रियाशील हुन जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुखहरुलाई आग्रह गरे ।

राष्ट्रपति पौडेलले आफ्नो भूमिकामा क्रियाशील र जागरुक हुन सुझाव दिएका छन् ।

विभिन्न कठिनाइका बाबजुद तीन तहका सरकार, निजी क्षेत्र, गैरसरकरी क्षेत्रको काममा समन्वय र अनुगमन गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको भन्दै उनले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077