Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बूढानीलकण्ठबाट चितुवाको उद्धार

बूढानीलकण्ठबाट चितुवाको उद्धार

बिहिवार , माघ १०, २०८१

काठमाडौं । वन कार्यालयको टोलीले काठमाडौंको बूढानीलकण्ठबाट एक चितुवाको उद्धार गरेको छ ।

वन कार्यालयले डार्ट गरेर आज बिहान बूढानीलकण्ठ नगरपालिका १३ भंगाल चोकबाट चितुवाको उद्धार गरेको हो ।

बिहान करिब साढे ८ बजेतिर चितुवा देखिएको सूचना पाएपछि डिभिजन वन कार्यालय काठमाडौंको टोली उक्त क्षेत्रमा पुगेको थियो।

सो टोलीले एकपटक डार्ट गरेर बिहान ११ बजेतिर चितुवा नियन्त्रणमा लिएको हो ।

चितुवालाई सुरक्षित रूपमा उद्धार गरेर थप उपचार र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077