Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

बिहिवार , माघ १०, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा अडिएको हो। परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।

यसदिन ३१८ स्क्रिप्सको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँमा खरिदबिक्री भए।

बुधबार ५२.३६ अंकले बढेर बन्द भएको सेयर बजारमा ९ अर्ब २० करोड मूल्य बराबरको कारोबार भएको थियो।

आज सेन्सेटिभ इण्ड‍ेक्स अंकले घटेर बिन्दुमा पुगेको छ। नेप्से घटेपनि तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

सामुदायिक लघुवित्त वित्तीय संस्था,कर्पोरेट डेभलपमेन्ट बैंक र सिकलेस हाइ्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा सप्तकोशी डेभलपमेन्ट बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३० करोड ८९ लाख २९ हजार ६५ रुपैयाँको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ८६ वटा स्टक्सको मूल्य बढ्दा १५० वटाको घटयो। ७ स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077