Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ट्रम्पको चेतावनीमा रुसको प्रतिक्रिया : 'धम्कीमा केही नयाँ छैन'

ट्रम्पको चेतावनीमा रुसको प्रतिक्रिया : 'धम्कीमा केही नयाँ छैन'

बिहिवार , माघ १०, २०८१

एजेन्सी। युक्रेनमा युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको प्रतिक्रियामा रुसले प्रतिक्रिया जनाएको छ।

रुसले 'समान सर्तमा र पारस्परिक सम्मानका साथ वार्ताको लागि तयार रहेको' बताएको छ।

यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यो बयानपछि आएको हो, जसमा उनले रुसलाई चेतावनी दिएका थिए कि यदि मस्कोले युक्रेनमा युद्ध रोकेन भने उसमाथि प्रतिबन्ध लगाइनेछ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने ,'हामी अझै आउन बाँकी संकेतहरूको प्रतीक्षामा छौं।'

उनले भने, 'रोकथाम गर्ने डोनाल्ड ट्रम्पको धम्कीहरूमा रूसले केही नयाँ कुरा भेट्टाएन।
ट्रम्पले भनेका थिए, 'म रुसलाई हानि पुर्‍याउन खोजिरहेको छैन। म रुसी जनतालाई माया गर्छु र कट्टरपन्थी वामपन्थी रूसले सिर्जना गरेको हंगामाको बाबजुद पनि राष्ट्रपति पुटिनसँग मेरो सधैं राम्रो सम्बन्ध रहँदै आएको छ।'

उनले लेखेका छन्, "यदि हामी सम्झौतामा पुग्न सकेनौं भने, मसँग रुसमा भारी कर र आयात शुल्क लगाउनु र रुसी सामानहरूमा प्रतिबन्ध लगाउनु बाहेक अरू कुनै विकल्प हुनेछैन।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077