Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बैंकमा समस्या छैन, अफवाह नफैलाऔँ : गभर्नर महाप्रसाद

बैंकमा समस्या छैन, अफवाह नफैलाऔँ : गभर्नर महाप्रसाद

बिहिवार , माघ १०, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूमा समस्या नरहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिक साधारणसभाको समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्र बैंकले नियमन गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्था समस्यामा नपरेको जिकिर गरे । उनले भने, 'सधैँ उस्तै भन्ने हुँदैन। कहिलेकाहीँ कुनै बैंक वा वित्तीय संस्थामा समस्या देखिन सक्छ। तर, यसले सबै बैंक समस्यामा छन् भन्ने बुझाउँदैन। अफवाहमा लाग्नु भएन।'

यस्तै गभर्नर अधिकारीले वाणिज्य बैंकको पुँजी पुरसंरचना गर्नुपर्ने समय आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077