Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हमासद्वारा थप चार महिला बन्धक रिहा

हमासद्वारा थप चार महिला बन्धक रिहा

शनिवार , माघ १२, २०८१

एजेन्सी । युद्धविराम सम्झौताअनुसार हमासले थप चार महिला बन्धक रिहा गरेको छ ।

हमासले चार जना इजरायली सेनालाई रिहा गरेको हो । हमासका अनुसार रिहाहरूमा करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग छन्।

युद्धविराम सम्झौता कार्यान्वयन भएयता हमासले बन्धकहरूलाई मुक्त गरेको यो दोस्रो समूह हो ।

यसअघि उसले युद्धविराम सम्झौता कार्यान्वयन भएको पहिलो दिन आइतबार तीन इजरायली महिलालाई मुक्त गरेको थियो ।

हमासका बन्दुकधारीहरू र स्थानीय प्यालेस्टाइन नागरिक रिहाइअघि गाजा शहरको प्यालेस्टाइन स्क्वायरमा भेला भएका थिए।

त्यसपछि हमासले चारैजनालाई गाडीबाट ओरालेर मञ्चमा पुर्‍याएको थियो । त्यसपछि उनीहरूलाई रेडक्रसको हस्तान्तरण गरिएको थियो।

यी चार सैनिकको रिहाइपछि इजरायलले आफूसँग कैदमा रहेका दुई सय प्यालेस्टाइनलाई रिहा गर्ने तयारी गरेको छ।

युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत ६ साताभित्र हमासले ३३ बन्दी रिहा गरिने जनाएको छ। अबका केही साताभित्र थप २६ बन्धक रिहा हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077