Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कृषि समितिका सांसदहरूमाथि छानबिन गर्न रास्वपा सांसद कठायतको माग

कृषि समितिका सांसदहरूमाथि छानबिन गर्न रास्वपा सांसद कठायतको माग

आइतवार , माघ १३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले कृषि समितिका सदस्यहरूमाथि छानबिन गर्न भन्दै उजुरी दिएकी छन् ।

सांसद कठायतले कृषि समितिको अनुगमनका क्रममा सांसदहरूले व्यक्तिगत जीवनका बारेमा टिकाटिप्पणी गरेकोमा छानबिन गर्न माग गरेकी हुन्।

प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद कठायतले पोखरास्थित होटल ओपन हाउसबाट राति ८ देखि १० बजेसम्मको सीसीटीभी फुटेज झिकाउन माग गरिन् ।

उनले सो दिन भएको खर्चको विवरणसहितको बिल भरपाइ झिकाउन समेत माग गरेकी छन् ।

२४ पुसदेखि कृषि समितिले नेपालगञ्जबाट अनुगमन सुरु गरेको थियो । ६ दिने अनुगमनको क्रममा कृषि समितिका सदस्यहरू २९ पुसमा पोखराको उक्त होटलमा बसेका थिए ।

उनले कृषि समितिको अनुगमनमा समितिका सदस्यहरूको आचरणलाई लिएर प्रश्नसमेत उठाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077