Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

रविले २ करोड २५ लाख धरौटी तिर्दा पनि रास्वपा नेतृ ज्वाला भन्छिन् - हामीले हारेका छैनौँ

रविले २ करोड २५ लाख धरौटी तिर्दा पनि रास्वपा नेतृ ज्वाला भन्छिन् - हामीले हारेका छैनौँ

आइतवार , माघ १३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार (आज) साँझ मात्रै बुटवलको सुप्रिम सहकारीमा रकम अपचलनमा एक करोड धरौटी बुझाएर छुटेका छन् ।

आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेसँग एक करोड धरौटी माग गरेको थियो । सोही अनुसार उनी आइतबार नै बैंक ग्यारेन्टीमार्फत एक करोड धरौटी बुझाएर रिहा भएका हुन् ।

योसँगै उनले हालसम्म दुई करोड २५ लाख धरौटी तिरिसकेका छन् । लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा रिहा भएका थिए भने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी मुद्दामा पनि उनलाई माघ २ गते ६० लाख धरौटीमा रिहा गरिएको थियो ।

अब उनलाई चितवन र पर्सा लगिने छ । त्यहाँ पनि उनीविरुद्ध मुद्धा दर्ता गर्ने तयारी भइरहेको छ । आइतबार रवि रिहा भएसँगै रास्वपाका नेताहरुले अदालतको आदेशलाई स्वागत गरेका छन् । रास्वपा नेतृ ज्वाला संग्रौलाले सामाजिक सञ्जालमा आफूहरुले नहारेको टिप्पणी गरिन् । उनले भनिन्, 'हामीले हारेका छैनौ'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077